Wednesday, October 29, 2008

तिम्रो माया पनि...

अस्ट्रेलिया आएपछि घरतिरको साथीहरुसंग त नाता नै टुटे झै भयो। आफू काम र कलेजले गर्दा बिजी भइन्छ। उनीहरू अब call गर्न वा SMS गर्न सक्दैनन किनकी उनीहरु बेरोजगार छन अनि International charge कति महँगो हुने गर्छ त्यो त थाहा नै होला। हप्ता दुई हप्तामा एक पल्ट mail send गर्छन त्यही हो। त्यसैले यता आएपछि सार्है एक्लो भएको महसुस भैरहनछ। मनका कुरा सुनी दिने, सुख दुःख share गर्ने कोही भैदिए हुन्थ्यो झै लागिरहनछ। त्यही क्रममा मेरो उनीसंग भेट भयो।
हामी दुबै जना ए॒उटै क्लासमा पढथ्यौं। मेरो बिहान ८ बजे काम सकिन्थ्यो अनि ९ बजे क्लास सुरु। उनलाई भेटने तीब्र इच्छाले म हतार हतार कलेज तिर दौडन्थें। मलाई घर बस्नु भन्दा पनि क्लासमा रमाइलो लाग्थ्यो तर क्लासमा उनी छीन भने मात्र नि। उनी क्लास नआएको दीन सार्है न्यास्रो लाग्थ्यो। समय कति खेर बित्ला झै हुन्थ्यो। तर उनी हुदा त्यही समय दौडिए झै लाग्थ्यो मलाई। Term Break मा 2 weeks को छुट्टी पनि नभैदिए हुन्थ्यो झै लाग्थ्यो। तर के गर्नु क्लास सक्किए पछि त छुट्टीनु नै पर्यो। मलाई थाहा थियो मेरो माया एक तर्फी थियो तर के गर्नु...मनै त हो। किताबमा ध्यान छैन। हरपल उसकै यादमा हुन्छु म। काममा गयो , कति बेला छुट्टी होला झै हुन्थ्यो। घरमा गयो कति बेला क्लास जाने होला जस्तो हुन्थ्यो। उसको मुहार मेरो आँखा भरी छाई रहन्थ्यो हरपाल, हर छण।
म क्लासमा अब्बल दर्जाको student थिएं। त्यसैले म अरुहरुलाई assignment र अरु topic हरु मा help गर्थ्यें। उनी अलि english मा weak थिइन। Chinese students प्राय english मा कमजोर नै हुने गर्छन। त्यसैले उनलाई assignment गर्नमा म सधै help गर्थ्यें। Exams मा पनि help गर्थ्यें, लुकी छिपी। प्राय assignment ३ जनाको ग्रुपमा हुने गर्थ्यो। तर गर्ने चाहि म एक्लै हुन्थें। अरु दुई जनाको नाम मात्र लेखी दिन्थें। म लुकी छिपी उसको तस्वीर लिने गर्थ्यें mobile ले। उनी मेरो सामु नभएको बेला मेरो साहरा त्यही हुने गर्दथ्यो। यसरी नै दीनहरु बितिरहेको थियो।
म प्राय जे कुरामा पनि ठट्टा गर्ने मान्छे। त्यसैले होला मेरो गम्भीर कुराहरुपनि सबै लाई ठट्टा लाग्ने गर्दछ। मैले उसलाई सोधें: Chinese मा I love you लाई के भन्छ? वो आई नी। मैले उसलाई त्यही भनें: वो आई नी। उनी हासिन। मैले बुझें, उनले यो पनि ठट्टा नै सम्झिइन। कसरी भनु ई मनका कुराहरु? उनी क्लासको एउटा Chinese केटासंग खूब घुलमेल हुने गर्थिन। Break fast, Lunch संगै गर्थिन। किनकिन यो मनमा सार्है जलन हुने गर्थ्यो। फेरी त्यो Indian केटा नी, त्यो पनि खूब मस्की मस्की कुरा गर्नु पर्ने उनीसंग। खूब हात मिलाउनु पर्ने रे। हुन त फूल जता भमरा तेतै। तरपनि मनमा सार्है जलन हुने के। खूब रीस उठथ्यो ति केटाहरु देखेर। तर म गर्न नै के सक्थें र? उनी पनि त ति केटाहरुसंग मख्ख परिपरि बोल्थिन। Just avoid गर्नु नी तिनीहरुलाई। हुन त म उसको को नै थिएं र? मलाई त लाग्थ्यो उनी मलाई आफ्नो साथी पनि सम्झदैन। Assignment गर्नु पर्यो वा कुनै काम पर्यो भने मात्र मलाई सम्झनथीं नत्र त... । तर पनि सम्झन त सम्झनथ्यो नी, त्यसैमा खुशी थिएं। क्लासमा अरु साथीहरुले उसको र त्यो Chinese केटाको बीचमा चक्कर चली रहेको छ भन्ने सुनेको थिएं मैले। त्यो भन्दा पहिले पनि अरु केटाहरुसंग उसको हेलमेल थियो भन्ने पनि सुनेको थिएं। तर just friends पनि त हुन सक्छ नी। B positive के। आफू त त्यही आशमा थिएं की One day she will know the value of my love in her life.
एक दीन म break time मा तल गएर lift बाट कलेज जानलाई ground floor मा पर्खी रहेको थिएं। lift को ढोका खुल्दा मैले उनी र त्यो Chinese केटा चुम्बन गरिरहेको देखें। उनीहरु दुबै मलाई देखेर हत्तपत्त: Hi Harry भनेर बाहिर गए। म छाँगाबाट खसे झै भएं। हिजो सम्म त मलाई लागेको थिएन तर त्यस दीन मलाई बिश्वास भयो उनीहरु बीचमा सम्बन्ध छ भन्ने। थाहा भएन के गरु!!! हिजो सम्म उसलाई सम्झेर किताबबाट ध्यान हटथ्यो तर आज उसलाई सम्झेर किताबमा ध्यान जादैना तर त्यो बेला र अहिले धेरै भिन्नता छ। क्लास पनि कति बेला सक्किएला र घर जाऊ जस्तो भैरहनछ। बरु नदेखेको भएं त हुने नी। मेरो B positive philosophy पनि चली रहन्थ्यो तर...
दुई हप्ता पछि उनीहरु दुबैले course change गरे। Cookery पढ्न गार्हो भो रे, अर्कै easy subject पढ्ने रे। ठिकै छ, उनी हरुकै इच्छा। जहाँ जाऊ, खुशी रहनु। जे जस्तै भएं पनि यो मनबाट उसकोलागि सदा सुभेच्छ्या निस्किरहनेछ। ३ महिना पछि सुने उसले फेरि course change गर्दैछीन। पहिलेको subject पनि गार्हो भो रे। मैले मनमनै प्रस्न गरें: ठिकै छ course change गर तर को सित change गर्ने हो त यसपाली?...

1 comment:

sphuri said...

अनि ब्रो पनि नेपाली केटी हरु नभेट्टाएर कता चाइनिज सित लभ गर्नु परेको नि ? चाइनिज भन्दा त नेपाली नै राम्रो हैन र ? सबै कुरा हरु मिल्ने।।