Sunday, October 5, 2008

छोडी जाने मायाको यादले...

छोडी जाने मायाको यादले, बाच्नै गाहो़ भो
आँशुहरु लुकाएर हास्नै गाहो़ भो ।

बिहानीको पहिलो किरण, झुल्की दीदा त्यो पाखामा
तिम्रो एकै मुस्कानले, खुशी छाउथ्यो मेरो आँखामा
तर आज किन उदास छ जीवन
छोडी जाने मायाको यादले...

भुली गयौ लाएको माया, म भुल्न कहिलै सक्दिन
रोधीँ घर नाचेको झल्कोले, सताई दिन्छ मलाई छीनछीन
तर आज किन उदास छ जीवन

छोडी जाने मायाको यादले बाच्नै गाहो़ भो
आँशुहरु लुकाएर हास्नै गाहो़ भो.

No comments: