Friday, August 29, 2008

त्यों बादल र तिमी

म त्यों डांडा माथिको बादललाई तिमीसंग तुलना गर्छु
उस्तै उस्तै रंग छ, हिउ जस्तै
लच्किलो छ त्यों, तिम्रो जिउ जस्तै
त्यों बादल टाढा छ, तिमी पनि त टाढा छौ
त्यों हावा संगै डांडा पारि पारि जान्छ
तिमी पनि त मदेखि टाढा टाढा हुन्छौ
तर त्यों बादल र तिमीमा एउटै फरक छ
त्यों फर्की फेरि आउछ, तिमी आउदैनौ
तिमी आउदैनौ...






Sunday, August 24, 2008

हजुरहरुको ऋणी म


सल्काएर नाखाइकन छोडिएको बीड़ी म
दुनियाँ को भार बोकेको हजुरहरुको ऋणी म

कसरी भनु कसलाई भनु यो मनका बेथाहरु
घरको छतले नओतेको एउटा चिसो पीडी म

डर लाग्छ के सोच्ने हुन् दुनियाँले मलाई अब
नया किनी ल्याउदा नै स्क्राच भएको सीडी म

सबैको नजरमा हेला भए सबैले मलाई भुल्न खोजें
तासहरुको बीचमा दुई नम्बरको चिड़ी म

अलपत्र परे बीचमा नै अल्झी रहे कता कता
माथि पुग्ने ठाउ नभएको अलपत्रे सीड़ी म

दुनियाको भार बोकेको हजुरहरुको ऋणी म
माया प्रेमको सधै भोको हजुरहरुकै "हरि" म
हजुरहरूको ऋणी म...