Sunday, September 28, 2008

पत्रमित्रहरुको सम्झनामा...

  1. कल्पना गुरुङ, जीता जामुने पानी, लम्जुङ।
  2. आशा पुन, लेखनाथ, कास्की ।
  3. भावना गुरुङ, मेवा कुञ्ज, दिक्तेल, खोटाङ
  4. अन्जना श्रेष्ठ, घोराही बजार, दांग ।
  5. बाल कुमारी गुरुंग, धरमपुर, लालपानी, झापा ।
  6. अबीसा सुब्बा, राजघाट, भोजपुर, मोरङ ।
  7. अनिषा(लक्ष्मी) लोहारुंग, शितालपाटी, संखुवासभा ।
  8. बुद्धकला राइ(सुशमा), लुखा, धनकुटा ।
  9. अम्बिका राइ, सिजुवा, मोरङ ।
  10. अलीजा प्रधान, लेटांग, मोरङ ।
  11. बिना बान्तवा राइ, बकलोई, सुनसरी।
  12. डली थापा मगर, कैलाश नगर, तानसेन, पाल्पा।
  13. देनु थापा मगर, मधुमल्ल, बझकोट, मोरङ।
  14. दिलमाया राइ(बिकल्प), भिरकोट, मोरङ.
  15. सोनी तमांग(गोले), लखनपुर, झापा।
  16. सोनिया गुरुङ, मालेपाटन, पोखरा, कास्की।
  17. मीना राइ, दमक, झापा।
  18. सन्ध्या राइ, लुंग चोक, धरान,सुनसरी ।
  19. सीमा बान्तवा राइ, चतरा लाइन,धरान,सुनसरी।
  20. अस्मिता लामा, सल्लो घुमका, धादिङ।
  21. गुन माया रना मगर, पुर्नाबास, नवलपरासी।
  22. गंगा थापा, फापरथुम,स्याङजा।
  23. ग्यानु लामा(यिंग), कमलबिनायेक, काठमाण्डु।
  24. संगीता समल, फुवेताप्पा, इलाम।
  25. रोशनी गुरुङ(अनाबिज्ञ), थुमाको डांडा, याङ्जाकोट, कास्की।
  26. माया गुरुङ, लेखनाथ, कास्की।
  27. गीता गुरुङ, खादबारी,संखुवासभा।
  28. ऋतु गुरुङ, फुङ्लिङ, ताप्लेजुङ।
  29. ज्योति मगर, गरमानी, झापा।
  30. बिन्दा थापा, हडिया बुधबारे,झापा।
  31. सुबीता गुरुङ, पोथाना, कास्की।
  32. बिन्दु राइ, तोपगाछी, झापा।
  33. मुना गुरुङ, लामा गाँउ, लम्जुङ।
  34. ललिता गुरुङ, सर्दिखोला, कास्की।
  35. तौमाया गुरुङ, सिस्रेजोत, स्याङजा।
  36. तिर्थामाया गुरुङ, वालिङ,स्याङजा।
  37. निर्मला गुरुङ, पोखरा, कास्की।
  38. कमला के सी, पकुवा, पर्बत।
  39. ललिता लिम्बू, दुर्गापथ,धरान, सुनसरी।
  40. ललिता लामा, धुलिखेल, काभ्रे।
  41. लक्ष्मी गुरुङ, खादर्जुङ, कास्की।
  42. न्हुच्छे माया श्रेष्ठ, पनौती, काभ्रे।
  43. नरु गुरुङ (रश्मि), बाछ्छा, पर्बत।
  44. मनीषा सुब्बा, सबला, तेरथुम।
  45. मन कुमारी तमाङ, हत्तिमारा, मोरङ।
  46. मनीषा सुब्बा, गोल छाप, झापा।
  47. ममता शर्मा, लेटांग,मोरङ।
  48. नीरू गुरुङ, रामबजार, पोखरा, कास्की।
  49. नीरू थापा, भिमाद, तनहूँ।
  50. नबीना योन्जन, जिरी बजार, दोलखा।
  51. मुना सुब्बा, सल्लेरी, इलाम।
  52. नीलम शेर्पा, नयाँ बजार, इलाम।
  53. मदन कुमारी राइ(पुमा), मौवा बूते, खोटाङ।
  54. पुनम श्रेष्ठ, पोखरा, कास्की।
  55. रामकला राइ, गजुरी बजार,धादिङ।
  56. रीमा राइ(गरिमा), शीतलपाटी, संखुवासभा।
  57. रुबीना राइ, इटहरी,सुनसरी।
  58. रमिला राइ, छिनामुख, भोजपुर।
  59. सगुन पुन, सिमरिमार, नवलपरासी।
  60. सुमित्रा राइ, एभरेस्ट लाइन, धरान, सुनसरी।
  61. सुनीता राइ(आँशु), पन्चकन्या, धरान, सुनसरी।
  62. सृजन थापा, गजुरी बजार, धादिङ।
  63. सुनीता गुरुङ, रामबजार, पोखरा,कास्की।
  64. सब्रिना राइ, काठमाण्डु।
  65. टीना राइ, चंडी टोल, आइतबारे,झापा।
  66. सम्बिका सुब्बा(संघर्षी), दुधे बजार, झापा।
  67. संगीता राइ, यसिला, मोरङ।
  68. मीना गुरुङ, पोखरा, कास्की।
  69. सिन्जी थापा मगर, लेटांग,मोरङ।
  70. सुष्मा श्रेष्ठ, सुन्दर बजार, लम्जुङ।
  71. सुनीता भुजेल, सुन्दर बजार, लम्जुङ।
  72. सुनीता कुमारी महर्जन, भिमसेनथान, काठमाण्डु।
  73. तारा शर्मा, मंगल बजार, ललितपुर।
  74. सुबी गुरुङ, लेखनाथ, कास्की।
  75. सलमा सी के, लामाचौर,पोखरा, कास्की।
  76. साबित्री अधिकारी, दिल्ली बजार, काठमाण्डु।
  77. सुबीना मगर, पन्चकन्या, सुनसरी।
  78. शान्ति लिम्बू(श्रेंग), राजघाट, मोरङ।
  79. शासीकला राइ, जवालाखेल, ललितपुर।
  80. सम्झना श्रेष्ठ, बिशाल नगर, धादिङ।
  81. साझना शेर्पा, खदबारी, संखुवासभा।
  82. सुस्मी गुरुङ, छिनेडाँडा, कास्की।
  83. सलीना राइ, बाजगरा, धरान, सुनसरी।

-सबै पत्रमित्रहरुमा हृदयदेखि नै धन्यबाद मेरो कल्पनामा... को अस्तित्वो अनि पहिचान बनाउनमा सहयोग पुराएको हुनाले। सबैसंग त आज सम्पर्क छैन तर पनि यदि कुनै पत्रमित्रले सम्झेमा खुशी लाग्ने छ।

तिम्रो दिल पनि...!

धेरै लेखें चिठ्ठीहरु तिम्रो नाउँमा दिनदिन
तर तिम्रो जवाफ पाउन सकिन नि किनकिन
तिमीले माया मार्यौ कि त हुलाकीले बैमान गर्यो
कि त मलाई लाग्छ अचेल तिम्रो अन्तै ठेगान सर्यो ।

आफ्नै ठानी मीठा-मीठा बातहरु लेख्ने गर्थ्यौ
कहिले होला भेट भनी सपना नि देख्ने गर्थ्यौ
तर अचेल निरास छन कागज अनि मसीहरु
दुःख भन्दा थोरै भाछ तराजुमा खुशीहरु
लाग्छ अब तिम्रो दिलमा मेरो माया त्यसै मर्यो
कि त मलाई लाग्छ अचेल तिम्रो अन्तै ठेगान सरयो।

जति हेर्छु मायाको बोट देख्छु सधै नफलेको
धेरै भयो आजभोलि चिठ्ठीपत्र नचलेको
आजभोलि जताततै आँधीहुरी चल्दीनाले
धेरै भयो मनभित्र मायाको दीप नबलेको
तिम्रो यादमा तड्पिरहँदा साँझ पनि पर्यो
लाग्छ मलाई अचेल तिम्रो अन्तै ठेगान सर्यो
लाग्छ अचेल तिम्रो दिलले अन्तै डेरा सर्यो ॥
खै तिम्रो दिल पनि...!

( साँच्चै के तिम्रो अन्तै ठेगान सरेको हो? जवाफ पठाउनु ल।

"नसम्झ अब "

नसम्झ अब तिमी मलाई, अरु कसैको भइसकेपछि
पराई भयौ तिमी अब, डोली चडी गई सकेपछि ।

कसरी भुल्न सक्यौ तिमीले, खाएका ती वाचाहरु
पूरा गर्न नसके त, नखाएकै हुन्थ्यो बरु
सपना तिमीले धेरै देखायौ, सपना भीत्र म हराएँ
त्यही सपना झूटो हुदा, आफ्नो मनलाई दरो बनाएँ
सानो झिल्को त के हो र? आगोको ज्वाला नै सही सकेपछि
नसम्झ अब तिमी मलाई, अरु कसैको भइसकेपछि
पराई भयौ तिमी अब, डोली चडी गई सकेपछि ।

तिमीले त आफ्नो साथी पायौ, पलपलमा साथ दिने
मैले त अर्कै साथी पाएँ, पलपलमा मात दिने
तिमीले त ठूलो नाउँ पायौ, दुःख पिडाको नदी तर्ने
आफ्नो त अब कोही छैन, मरेपनि आँशु झार्ने
जलाई देऊ मेरा यादहरु, अतितहरू बिर्सिदिनु
अधिकार रहेन मेरो तिमीमा, तिमीलाई कसैले लई सकेपछि
पराई भयौ तिमी अब, डोली चडी गई सकेपछि
नसम्झ अब तिमी मलाई, अरु कसैको भई सकेपछि ॥

"किन लाए माया भन्थें"

किन उड्छ बादल भन्थें आकाशलाई छुन रैछ
किन लाए माया भन्थें जीवन भरलाई रुन रैछ ।

आफन्तले आफ्नै सम्झी मेरै हितको बात गर्दा
वास्ता नगरी कान थुनें आज यस्तो हुन रैछ
किन लाए माया भन्थें जीवन भरलाई रुन रैछ

सफा थियो दिल उसको चोखो थियो माया पनि
किन मैलीयो मन भन्थें आँशुले पो धुन रैछ
किन लाए माया भन्थें जीवन भरलाई रुन रैछ

हजार तारा चम्कने गर्छ आकाशमा झिलिमिली
किन हेर्दैन त्यता भन्थें मन परेको जून रैछ
किन लाए माया भन्थें जीवन भरलाई रुन रैछ

खाएका ती बाचाहरु सबै झूटो बनाएर
किन टाढा हुन्छौ भन्थें मनमा उसको बैगुन रैछ
किन लाए माया भन्थें जीवन भरलाई रुन रैछ ।

Thursday, September 25, 2008

किन छाड्यौ आँखा जुधउन ?

किन छाड्यौ तिमीले अचेल आँखा जुधाउन
मेरो मनमा तिम्रो दिलको मोटर कुदाउन ।

हिजोसम्म आफ्नै ठानी पछि पछि आउँथ्यौ
सँगसँगै घुम्न भनी धेरै ठाउँ धाउथ्यौ

टाढा टाढा लाग्यौ आज माया फुकाउन
किन छाड्यौ तिमीले अचेल आँखा जुधाउन ।

लुकी लुकी आउँथ्यौ सधै चौतारीमा मलाई भेट्न
तीतो बचन बोली आज किन खोज्छौ मुटु रेट्न

लाको माया जानी जानी खोज्छौ लुकाउन
किन छाड्यौ तिमीले अचेल आँखा जुधाउन ।

चोखो प्रेमलाई बिर्सिएर गएपनि टाढा तिमी
फूल तिमीलाई दिनेछु आफुलाई म काँडा साची

गाहो़ हुदोरैछ एक्लो मन बुझाउन
किन छाड्यौ तिमीले अचेल आँखा जुधाउन ।

"उभीने कुनै मैदान छैन"

रात यसरी ढल्छ,
जसरी होटलमा बियरका बोत्तलहरु ढल्छन ।
मन यसरी जल्छ
जसरी प्रेममा धोका पाउनेहरू जल्छन ।
हावा यसरी चल्छ,
जसरी चक़ब्यू रच्नेहरु चाल चल्छन ।

तर...तर पनि मलाई कुनै मतलब छैन,
किनकि मसंग बोल्ने मुख छैन, देखने आँखा छैन, सुन्ने कान छैन,
स्वतन्त्रले शिर ठाडो गरी उभीने कुनै मैदान छैन ॥

मन धनी थियो तर खल्ती भने कहिल्यै पनि भएन टम्म,
तर आँशु टन्न छ, गरीब नभनेस कसैले यो आंशु हुदा सम्म ।
गालामा आँशुका डाम छन तर डालामा मकै छैन धान छैन,
आफ्नै पौरखले कमाऊँ भने आफ्नो कुनै पहिचान छैन
स्वतन्त्रले शिर ठाडो गरी उभीने कुनै मैदान छैन ॥

देशमा बिकास आए पनि आखिर दश नङ्गा़ नखियाई हुन्न,
स्वदेश छाडी बिदेश गई, बिदेशीको ढुकुटी नचियाई हुन्न ।
देशको सेवा गर्नेहरुको कसैको उचित सम्मान छैन,
केही भन्थें मानिसहरुलाई तर कतै सुनसान छैन ।
स्वतन्त्रले शिर ठाडो गरी उभीने कुनै मैदान छैन ॥