Tuesday, March 24, 2009

कल्पनामा

सबै कुरा बिर्सी सकें, सम्झने बाहनामा
धर्तीमा नै बित्यो जीवन, जून छुने चाहनामा ।
हिजो सम्म कयौं सपना, नाची दिन्थ्यो आँखैभारि
तर आज जीवन काटु, भन कसको कल्पनामा ॥

तिमी भन्थ्यौ हात दिनु, साथ दिनु जीवनभारि
तर आज बेदनाको, दह पाउछु यो मनभरि ।
हिजो सम्म तिमी हुन्थ्यौ, मेरो हरेक सम्झनामा
तर आज जीवन काटु, भन कसको कल्पनामा ॥