रात यसरी ढल्छ,
जसरी होटलमा बियरका बोत्तलहरु ढल्छन ।
मन यसरी जल्छ
जसरी प्रेममा धोका पाउनेहरू जल्छन ।
हावा यसरी चल्छ,
जसरी चक़ब्यू रच्नेहरु चाल चल्छन ।
तर...तर पनि मलाई कुनै मतलब छैन,
किनकि मसंग बोल्ने मुख छैन, देखने आँखा छैन, सुन्ने कान छैन,
स्वतन्त्रले शिर ठाडो गरी उभीने कुनै मैदान छैन ॥
मन धनी थियो तर खल्ती भने कहिल्यै पनि भएन टम्म,
तर आँशु टन्न छ, गरीब नभनेस कसैले यो आंशु हुदा सम्म ।
गालामा आँशुका डाम छन तर डालामा मकै छैन धान छैन,
आफ्नै पौरखले कमाऊँ भने आफ्नो कुनै पहिचान छैन
स्वतन्त्रले शिर ठाडो गरी उभीने कुनै मैदान छैन ॥
देशमा बिकास आए पनि आखिर दश नङ्गा़ नखियाई हुन्न,
स्वदेश छाडी बिदेश गई, बिदेशीको ढुकुटी नचियाई हुन्न ।
देशको सेवा गर्नेहरुको कसैको उचित सम्मान छैन,
केही भन्थें मानिसहरुलाई तर कतै सुनसान छैन ।
स्वतन्त्रले शिर ठाडो गरी उभीने कुनै मैदान छैन ॥
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment