Monday, October 13, 2008

"Happy Birthday to Me"

लाग्छ मान्छेहरुको भीडमा रहेरपनि म एक्लो छु। यो कोलाहलपूर्ण ठाउँमा आज म मौन छु, सोचमग्न छु। मनमा अनेकौ कुराहरु खेलीरहेका छन। हिजो सम्म सबै आफ्नै लाग्थ्यो तर आज... । जसलाई आफ्नो सोचेँ उसैले घात गर्छ अनि जसबाट कुनै आशा गरिएको हुदैन उसैले साथ दिन्छ। किन सोचे जस्तो छैन जीवन? खै बुझ्नै गाहो़। त्यसैले दिमाग फुट्ला जस्तै भइराछ। मनमा अनेकौ कुराहरु तछाड मछाड गरिरहेका छन अनि म मौन छु, म एक्लै मेरो कोठामा बसिरेहेको छु, मेरो जन्म दिन मनाउनलाई। काट्नलाई केक छैन, त्यसैले टोलाएर समय काटी रहेको छु। बाल्नलाई मैनबत्ती छैन, त्यसैले चुरोट सल्काई रहेको छु। यो चुरोट जस्तै जिन्दगीपनि पलपल छोटो हुदै छ नी? तर भन्छन B positive, त्यसैले अझ एक बर्ष बूढो भएं भन्नु भन्दापनि एक बर्ष जवान भइयो भन्नु पर्यो। कसैको फोन आउछ कि, कसैले text गर्छ कि, कुनै e-mail...NO... । त्यसैले अब ढिलाई नगरी केक काटु है त? लौ त सबै मित्रहरु-Happy Birthday to Me है।

No comments: